काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको बताएका छन् ।
पतञ्जली योगपीठको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि रौतहटमा रहेका अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेपालले ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका छन् ।आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको नेपालको जिकिर छ ।