समाज

दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । 

जसअन्तर्गत दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाबारे छलफल हुनेछ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *