समाज

खोलामा गेग्रान भरिएपछि मुस्ताङको लार्जुङ वस्ती जोखिममा

खोलामा गेग्रान भरिएपछि मुस्ताङको लार्जुङ वस्ती जोखिममा

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका—२ स्थित कोवाङ—लार्जुङ बिच भागमा बग्ने लाङ्रक्यु खोला उच्च हुँदा त्यहाँको लार्जुङ वस्तीका करिव डेढ दर्जन घरधुरी उच्च जोखिममा परेका छन् । 

धौलागिरि आईसफलको फेंदबाट बहने लाङ्क्यु ठाँडो खोलाको बाहव जारी मनसुनमा चार पटकसम्म उच्च हुँदा त्यहाँको लार्जुङ वस्ती उच्च जोखिममा परेको हो । जारी मनसुनको १६ असार र ७ साउनमा यहाँको लाङ्क्यु खोलाको बाहव उच्च हुँदा स्थानीय सुरक्षित स्थानमा जान बाध्य भएका थिए । 

सुरक्षा निकाय, जनप्रतिनिधि र थासाङ गाउँपालिकाले बस्ती बचाउन मध्यराती सम्म खोलालाई नियन्त्रणमा लिन डोजर चलाएपनि अझै ढुक्क हुने अवस्था छैन । कोवाङ—लार्जुङ बिचको लाङ्क्यु खोलामा बाढीसंगै ढुंगा,गिट्टी ,बालुवा र ग्रेगान भरिदै जान थालेपछि नियन्त्रणको पहल भैरहेको गाउँपालिकाले जनाएको छ । 

खोलालाई साविककै अवस्थामा बग्नदिन नदी उकास घटाउन पालिकाले पहल थालेको हो । खोलामा वस्ती जोगाउन करिव तीनसय मिटर दुरीमा डोजर भाडामा लिएर नदी जन्य उकास घटाउन थालेको हो । कालिगण्डकी नदीको दोभानसम्म दुई सय मिटर र उक्त पुलबाट माथिल्लो भागको करिव एक सय मिटर दुरीमा भरिएको ग्रेगान पन्छ्याउने योजना पालिकाको छ । 

लाङक्यु खोलामा अवस्थित पुरानो झोलुंगे पुल समेत बाढी आउँदा बस्ती जोखिम महशुस गरिएकाले हटाईएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *