स्थानीय खबर

जग्गा अनियमितता: तोक आदेशका भरमा प्रक्रिया नै पूरा नगरी जग्गा वितरण

जग्गा अनियमितता: तोक आदेशका भरमा प्रक्रिया नै पूरा नगरी जग्गा वितरण

महोत्तरी। महोत्तरीको सदरमुकाम जलेश्वरको गुरूयोजना समेत मिचेर जलेश्वर नगरपालिकाका पदाधिकारीले तोक आदेशका भरमा प्रक्रिया नै पूरा नगरी जलेश्वर नगर विकास समितिको जग्गा वितरण गरेका छन् । जलेश्वर नगरपालिका–२ मा रहेको १२ बिघा ६ कट्ठा १० धुर जमिन हाल नगरपालिकाको मातहत ल्याइएको छ । नगरपालिकाले प्रक्रिया नै पूरा नगरी सो जमिनमध्ये मिथिला सांस्कृतिक विकास केन्द्र महोत्तरी, जेष्ठ नागरिक संघ महोत्तरी, भागरथ ऋषी वृद्धाश्रम जलेश्वर, मायाको घर जलेश्वर लाई एक÷एक कठ्ठा, नेकपा एमालेलाई मदन भण्डारी स्मृति भवन निर्माणका लागि  दुई कठ्ठा, आँखा अस्पताल जलेश्वरलाई दुई कठ्ठा,  जलेश्वर कारागार निर्माणका लागि ६ कठ्ठा र स्मार्ट वसपार्क निर्माणका लागि २ कठ्ठा जग्गा  वितरण गरेको छ । जलेश्वरको गुरूयोजना नै मिच्ने गरी आफूखुसी विभिन्न संघसंस्थालाई जग्गा वितरण हुन थालेपछि स्थानीयले छानविनका लागि अख्तियारमा उजुरीदर्तागराएका छन् ।

सरकारले व्यवस्थित बसोबास बसाउने तथा न्यून आय भएका वञ्चित समूहलाई प्राथमिकतामा राखी घडेरी उपलब्ध गराउने उद्देश्यले २०२८ देखि दीर्घकालीन योजना ल्याएकोमा जलेश्वर नगरपालिकाका पदाधिकारीले बदनियत राखेर तोकिएको कर्तव्य र दायित्वभन्दा पर गई जग्गा अनियमित ढंगले वितरण गरिएको स्थानीयको आरोप । स्थानीय बासिन्दाले पटकपटक उजुरी दिए पनि राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण सरकारी जमिनमा भ्रष्टाचार गर्नेमाथि कारबाही हुन सकेको छैन । अख्तियारले विस्तृत छानबिन गरेर मुद्दा दर्ता चलाएमा सरकारी जग्गा फिर्ता हुने र दोषीलाई कारबाही हुने आशा स्थानीयले गरेका छन् ।

 

<iframe width="656" height="480" src="https://www.youtube.com/embed/4d9qkLWTS60" title="जग्गामा अनियमितता: तोक आदेशका भरमा प्रक्रिया नै पूरा नगरी जग्गा वितरण" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *