समाज

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । 

बर्खे धान रोपाइँ र मकै खेतीका लागि किसानले मल पाउन नसकेका हुन् । नेपालमा सबै बालीका लागि करिब १२ लाख टन रासायनिक मल आवश्यक हुने गर्दछ । तर, सरकारले वार्षिक औसतमा साढे ३ देखि ४ लाख टन मात्रै मल उपलब्ध गराउदै आएको छ । 

चालु आर्थिक वर्षमा कृषि मन्त्रालयले मल किन्न २७ अर्ब ९५ करोड बजेट छुट्याएको छ । उक्त रकमबाट ५ लाख ५० हजार टन खरिद गर्ने लक्ष्य राखेको छ । सोही परिमाण बराबर टेन्डर गरिए पनि आपूर्तिको अवस्थामा सुधार छैन । 

चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हुँदा गत आर्थिक वर्षको मार्गस्थ परिमाण समेत गरेर ३ लाख ३८ हजार २ सय ७७ टन मल आयात भएको छ । यसमध्ये २ लाख ११ हजार २ सय २९ दशमलब ७ टन युरिया, १ लाख ११ हजार ७ सय ८२ दशमलब १ टन डीएपी र १५ हजार २ सय ६५ दशमलब २ टन आयात भएको मन्त्रालयको तथ्यांक छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *