समाज

खेतमा पानी लगाउने विषयमा दाजुको खुकुरी प्रहार, भाई घाइते

खेतमा पानी लगाउने विषयमा दाजुको खुकुरी प्रहार, भाई घाइते

गोरखा । गोरखा नगरपालिका ३ घलाङमा खेतमा पानी लगाउने कुलोको विषयमा विवादको क्रममा एक व्यक्तिले आफ्नो भाइलाई खुकुरी प्रहार गरेका छन् ।

प्रहरीका अनुसार, बाबुकाजी बस्नेतले आफ्नो भाइ खोपबहादुर बस्नेतलाई शुक्रबार राति करिब १० बजेको समयमा खुकुरीले आक्रमण गरेका थिए । दाजुभाइबीच कुलोको निहुँमा विवाद बढ्दै गएपछि बाबुकाजीले भाइलाई धारिलो हतियारले प्रहार गरेका हुन् ।

घटना पछि, बाबुकाजीलाई पक्राउ गरिएको छ र उनीविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अनुसन्धान सुरु भएको छ । घाइते खोपबहादुर बस्नेतको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

दाइको आक्रमणबाट घाइते बस्नेतको टाउको, पेट र हातमा गम्भीर चोट लागेको छ । गोरखा अस्पतालमा प्राथमिक उपचारपछि उनलाई चितवन र त्यसपछि काठमाडौं रिफर गरिएको छ । प्रहरीका अनुसार, घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *