मुख्य समाचार

केन्याद्वारा ६ हजार अवैध हतियार नष्ट

केन्याद्वारा ६ हजार अवैध हतियार नष्ट

एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले शुक्रबार २०२२ देखि २०२५ सम्म देशभरबाट जफत गरिएका ६ हजार अवैध हतियार नष्ट गरेको बताएका छन् । 

उनले अपराध विरुद्ध लड्न प्रयासहरूलाई तिब्र बनाउने प्रतिवद्धता जनाए । केन्याको राजधानी नैरोबीको बाहिरी इलाकामा रहेको प्रहरी प्रतिष्ठानमा हतियारहरू जलाइएको थियो ।

जसलाई रुटोले आतंकवाद, मानव बेचबिखन र शिकार लगायतका उदाउँदो सुरक्षा खतराहरूलाई सम्बोधन गर्ने प्रमुख कोशेढुङ्गाको रूपमा वर्णन गरे । 

नष्ट गरिएका अधिकांश हतियारहरू सरकारी आममाफी कार्यक्रम अन्तर्गत नागरिकहरूले स्वेच्छाले आत्मसमर्पण गरेका थिए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *