काभ्रे । पाँचौ संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता जेठ ३१ गते हुने भएको छ ।
आज आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका बालबालिका लक्षित कार्यक्रम छात्रातर्फ ३ दशमलव ६ किलोमिटर र छात्रतर्फ ७ किलोमिटर दौड प्रतियोगिता हुने ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यले जानकारी दिए । ।
छात्रहरुको दौड पनौतीबाट बनेपा पुरानो बजार हुँदै ज्ञानकुञ्ज स्कुलसम्म हुनेछ भने छात्राहरुको दौड बनेपा तिनदोबाटोबाट शुरु भइ गणेस्थानबाट चण्डेश्वरी मन्दिर पुगि पुरानो बजार हुँदै विद्यालयमा आएर टुंगिनेछ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन २०८१ को एसईई परीक्षा दिएको प्रवेशपत्रको संकलप्रति वा प्रधानाध्यापकद्धारा प्रमाणित प्रतिलिपि र हालसालै खिचेको रंगिन फोटो आवश्यक पर्ने ज्ञानकुञ्ज शैक्षिक प्रतिस्ठानका प्रबन्धक निर्देशक प्रताप बैद्यले जानकारी दिए । उनका अनुसार नाम दर्ता मिति २०८२ जेठ २९ गतेभित्र दर्ता गरिसक्नु पर्नेछ ।