समाज

कान्तिलोकपथ आजदेखि ४ दिन पूर्णरुपमा बन्द हुने

कान्तिलोकपथ आजदेखि ४ दिन पूर्णरुपमा बन्द हुने

बागमती । कान्तिलोकपथ सडक आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ ।  

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ । 

मकवानपुर जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गरी आजदेखि चार दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *