बागलुङ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले असार महिनामा मन्दिरको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ ।
मन्दिर ब्यवस्थापन समितिको बैठकले मन्दिरको असार महिनाको १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च कट्टा गरि ६६ हजार ६ सय ३२ रूपैयाँ आम्दानी गरेको हिसाबकिताब सार्वजनिक गरेको छ ।
असार महिनामा मन्दिरले २८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी गरेकोमा भक्तजनले चढाएको भेटि बाट १० लाख ७८ हजार १ सय ३० आम्दानी गएको छ । समितिले असार महिनामा १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च भएको हिसाबकिताब सार्वजनिक गरेको छ ।
असार महिनामा १८ लाख ५२ हजार ६७ रूपैया आम्दानी गरेको गुठीले असार महिनामा खर्च तर्फ १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च गरि ६६ हजार ६ सय ३२ रूपैयाँ आम्दानी भएको समितिले जनाएको छ ।
कालीका गुठीले हरेक महिनाको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ । कालीका भगवती मन्दिरमा १ वर्षमा स्वदेश तथा विदेश बाट गरि करिव १३ लाख धार्मिक पर्यटक भक्तजन दर्शनको पुग्ने गरेका छन् । गण्डकी प्रदेशको मथ मन्दिरमा बागलुङ कालीका भगवती मन्दिर अग्र स्थान पर्न गर्छ ।