एजेन्सी। बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्वकप इतिहासमा सानदार जित दर्ता गर्दै किर्तिमान कायम गरेको छ । सिनसिनाटीमा भएको समूह सी को खेलमा अकल्याण्ड सिटीविरुद्ध दश शुन्यको फराकिलो जित दर्ता गर्दै क्लब विश्वकप इतिहासमा नै कीर्तिमानी जित हात पारेको हो । यसअघि सन् २०२२ मा अल हिलालले अल जजिरामाथि हात पारेको ६–१ को जित नै क्लब विश्वकपमा नै सर्वाधिक अन्तरमा भएको सबैभन्दा ठूलो जित थियो । बायर्नको जितमा जमाल मुसियालाले ह्याट्रिक गरे। बायर्नका लागि आफ्नो अन्तिम खेलमा थोमस मुलरले दुई गोल गरे । किंग्स कोमन, साचा बोए, माइकल ओलिसले एक एक गोल थपे । जितसँगै बायर्न अंक तालिकामा समुह सी को शीर्ष स्थानमा उक्लेको छ । पराजित भएको अकल्याण्ड सिटी अंक तालिकाको पुछारमा छ । समूह सीमा बोका जुनिअर्स अर्जेन्टिन), बेन्फिका पोर्चुगल पनि छन् । गएराति नै भएको खेलमा फ्रेन्च क्लब पीएसजीले स्पेनिस क्लब एथ्लेटिकोलाई ४–० गोलले हरायो । समूह बी मा रहेको पीएसजी ब्राजिलियन क्लब बोटाफोगो र अमेरिकन क्लब सिट्ले साउन्डर्स एफसी यो समूहमा रहेका छन । समूह ए को अर्को खेलमा पाल्मरस र पोर्टोले गोलरहित बराबरी खेलेका छन । समूह ए मा रहेका दुई टोलीले एक एक अंक बाँडेका छन । आइतबार भएको उद्घाटन खेलमा अर्जेटाइन स्टार लियोनल मेसी सम्मिलत इन्टर मियामी क्लब इजिप्सियन क्लब अल आलीसँग गोलरहित बराबरीमै रोकिएको थियो ।