मुख्य समाचार

बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने इजरायलको अडान

बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने इजरायलको अडान

एजेन्सी । गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको इजरायलले जनाएको छ । 

इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि इजरायलले सबै बन्धक छाडनुपर्ने बताएको हो । करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको आधिकारिक प्रतिक्रिया कुरिरहेका छन् । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मध्यस्थकर्ता कतारले नयाँ प्रस्तावका लागि आशावादी रहेको बताउँदै यो प्रस्ताव इजरायलले सहमति गरेको पहिलेको संस्करणसँग ‘लगभग मिल्दोजुल्दो’ रहेको उल्लेख गरेको हो । अमेरिकाको पहलमा कतार र इजिप्टले बारम्बार कूटनीतिक वार्ता गरी युद्धविराम मध्यस्थताका लागि पहल गर्दै आएका छन । 

इजिप्टले इजिप्ट र कतारले इजरायललाई नयाँ प्रस्ताव पठाएको र इजयारलको प्रतिक्रिया कुरिरहेको जनाएको छ । पछिल्लो सम्झौतामा ६० दिनको युद्धविराम, आंशिक बन्धक मुक्त, केही प्यालेस्टाइनी कैदीलाई मुक्त गर्ने र सहायता प्रवेशका लागि अनुमति दिने प्रावधान प्रस्ताव गरिएको छ ।

सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका २ सय ५१ जनामध्ये ४९ जना अझै गाजामै छन ।  जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *