समाज

राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भइसक्यो : प्रा.डा. आर.पी विच्छा

राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भइसक्यो : प्रा.डा. आर.पी विच्छा

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी.विच्छाले राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भएको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नीतिको सर्जरी गर्दा कुनै अंग काट्न आवश्यक भएपनि काटेर अघि बढ्नुपर्ने सुझाव दिए । उनले नेपालमा माइग्रेसन (आप्रवासन समस्या) र वैवाहिक सम्बन्धमा दरार आउने समस्या विकराल बनिरहेको बताए । आप्रवासन समस्याका कारण आइरहेको वैवाहिक सम्बधको समस्याबारे गम्भीर भएर सरकारले सोच्नुपर्ने उल्लेख गरे । 

उनले सबै नीतिहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए। उनको अबको पुस्ता धरै अध्यन गरेको र सीपयुक्त हुने भएकाले उनीहरुमा सरकारको अबको लगानी हुनुपर्ने बताएका छन् । उनले हिमाल र पहाडी क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर सडक लगायतका भौतिक पूर्वाधारहरु निर्माण गरिरहेको भएपनि उपयोग गर्ने जनशक्ति नहुँदा लगानी खेर गइरहेको बताए । जनसांख्यिक अवस्थालाई बुझेर योजना नबनाउने हो भने लगानीको कुनै अर्थ नरहेको जिकिर गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *