समाज

सरकारी ढुकुटीबाट मात्रै पूर्वाधार बनाउन गाह्रो छ, वित्त कोष बनाउँदैछौंः अर्थमन्त्री पौडेल

सरकारी ढुकुटीबाट मात्रै पूर्वाधार बनाउन गाह्रो छ, वित्त कोष बनाउँदैछौंः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वले मात्रै विकास निर्माणको आवश्यकता पूरा गर्न अहिलेको अवस्थामा सम्भव नरहेको बताउँदै सरकारले वैकल्पिक वित्त कोषको प्रवन्ध गर्न लागेको बताएका छन् । 

राजधानीमा भएको एक कार्यक्रममा पौडेलले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताउँदै पूर्वाधार निर्माणमा देखिएको वित्तीय अभाव त्यसैबाट पूर्ति गरिने बताएका हुन् ।

पौडेलका अनुसार उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा गर्न अहिले कठिन छ । लागत र प्रतिफलको सन्तुलन मिलाएर निजी क्षेत्रलाई लगानी गर्न यो बजेटले ढोका खोलेको छ । त्यसले स्रोत व्यवस्थापनको चुनौती समेत सम्बोधन गर्ने अपेक्षा सरकारको छ ।

पौडेलले राजस्वले पूर्वाधार निर्माण गर्नसक्ने सामथ्र्य बनाउनेगरी अघि बढ्न भने जरुरी रहेको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *