मुख्य समाचार

“गाजामा इजरायली आक्रमण : अल जजिराका ५ पत्रकारको मृत्यु”

“गाजामा इजरायली आक्रमण : अल जजिराका ५ पत्रकारको मृत्यु”

एजेन्सी । गाजा सिटीको अल शिफा अस्पताल नजिकै इजरायली आक्रमणमा परी अल जजिराका पाँच पत्रकारको निधन भएको छ । अल जजिराले यो घटनालाई ‘प्रेस स्वतन्त्रतामाथिको नियोजित आक्रमण’ र ‘लक्षित हत्या’ भनेको छ ।

मृत्यु हुने पत्रकारहरूमा अनस अल(शरीफ, मोहम्मद कुरेकेह, इब्राहिम जाहेर, मोहम्मद नौफल, र मोअमेन अलिवा रहेका छन् । उनीहरू सबै अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसेका बेला आक्रमण भएको हो ।

आक्रमणपछि इजरायली रक्षा बल आइडिएफले सामाजिक सञ्जाल टेलिग्राममार्फत अनस अल(शरीफमाथि आक्रमण गरेको स्वीकार गरेको छ । इजरायलले उनलाई हमासको एक आतंकवादी समूहको प्रमुख भएको दाबी गरेको छ ।

द्यपि,आइडीएफले अन्य पत्रकारहरूको बारेमा भने कुनै जानकारी दिएको छैन । अल जजिराका अनुसार, यो आक्रमणमा कुल सात जनाको ज्यान गएको थियो ।

सुरुमा चार जना पत्रकारको मृत्यु भएको बताए पनि पछि यो सङ्ख्या पाँच पुगेको पुष्टि भएको हो । अल जजिराले ले पत्रकारहरू अग्रमोर्चामा नभई अस्पतालको टेन्टमा रहेका बेला आक्रमण गरिएको भन्दै इजरायलले गाजाभित्रका समाचारलाई दबाउन खोजेको आरोप लगाएको छ ।

आइडीएफको विज्ञप्तिमा अल शरीफले पत्रकारको भेषमा रहेर इजरायली नागरिक र सैनिकहरूविरुद्ध रकेट आक्रमणलाई बढावा दिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा आक्रमण गर्नुअघि सर्वसाधारणको क्षति कम गर्न सटीक हतियार र हवाई निगरानीको प्रयोग गरिएको दाबी पनि गरिएको छ । कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार अक्टोबर २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही सुरु भएयता १ सय ८६ पत्रकारहरू मारिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *