एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको सर्वोच्च नेता आयतोल्ला अली खामेनीलाई हत्या गर्ने योजना अस्वीकार गरेको खुलेको छ । बीबीसीका अमेरिकी साझेदार सीबीएस न्युनले इजरायली प्रधानमन्त्रीसँगको कुराकानीमा ट्रम्पले हत्या योजना अस्वीकार गरेको जनाएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको कुराकानीमा ट्रम्पले खामेनीलाई लक्षित गर्नु ‘राम्रो विचार होइन’ भन्ने उल्लेख गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन । यद्यपि, ट्रम्पले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन । यसअघि ट्रम्पले खामेनीको हत्या योजनालाई रोकेको विषयमा नेतान्याहुले पनि टिप्पणी गर्न अस्वीकार गरेका थिए । इजरायलले शुक्रबारदेखि इरानका आणविक संरचना र अन्य सैन्य निशानाहरूमा आक्रमण थालेको छ । सो क्रममा इरानले इस्लामिक रिभोल्युशन गाड्र्स कप्र्सको गुप्तचर इकाईका प्रमुख मोहम्मद काजेमी, उनका एक सहायक र अर्को कमाण्डरको मृत्यु पुष्टि भएको छ । दुवै देशबिचको आक्रमण लगातार तेस्रो दिन आइतबारसम्म जारी रहेको छ । आइतबार राति इजरायली आक्रमणका कारण इरान रेभुलेसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको छ । शुक्रबार यता दुई सय २४ जना इरानीको ज्यान गएको छ । तेहरानमा सबैले सहर छाड्न थालेका छन। सहर छोड्नेको संख्याले त्यो क्षेत्रमा मानिसको भीड बढेको छ । यसैगरी, हाइफा र तेल अभिभमा भएको इरानको आक्रमणबाट १० जना भन्दा बढी इजरायली घाइते भएका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लागि दुवै पक्षलाई आह्वान गरेका छन । क्यानडामा जी–७ बैठकमा सहभागी हुन जानुअघि पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन । इरानले आक्रमण भइरहेको समयमा वार्ता सम्भव नहुने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणको लक्ष्य अन्य नभएर आणविक हतियार बनाउनबाट रोक्नु भएको बताएका छन । इजरायल र इरान युद्धका कारण विश्व बजारमा तेलको मूल्य समेत बढेको छ ।।