समाज

प्रभु बैंकको म्युचुअल फन्डमा लगानी आवेदन खुला

प्रभु बैंकको म्युचुअल फन्डमा लगानी आवेदन खुला

काठमाडौं । प्रभु बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने म्युचुअल फन्ड प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा लगानी आवेदन खुलेको छ ।

अनलाइन प्रणाली मेरोसेयर मार्फत यसमा आवेदन दिन सकिनेछ ।प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि २ करोड ५० लाख इकाइ बिक्रीका लागि आवेदन माग गरिएको छ ।न्यूनतम १ सय तथा अधिकतम ३१ लाख इकाइका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

छिटोमा जेठ २७ तथा सो अवधिमा सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा असार ६ गतेसम्म आवेदनको म्याद रहेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *