समाज

पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा (तस्बिरहरु)

पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा (तस्बिरहरु)

काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि शुरु भएको छ । 

जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा शुरु भई २८ गतेसम्म चल्नेछ । परम्परा अनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा शुरु भएको मानिन्छ । 

राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ । चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा–आराधना गरिन्छ। विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ । साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *