मुख्य समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानमा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि जापान पुगेका छन । 

प्रधानमन्त्रीको रूपमा यो उनको आठौँ जापान भ्रमण हो । यसअघि पूर्वप्रधानमन्त्री मनमोहन सिंहले तीन पटक मात्र जापान भ्रमण गरेका थिए । मोदीले यसपटक १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ । सो क्रममा सुरक्षा, रक्षा, व्यापार र प्रविधि लगायतका विषयमा छलफल हुने बताइएको छ । 

सम्मेलनपछि मोदी र जापानी प्रधानमन्त्री फुमिओ इशिबा बिच भेटवार्ता हुनेछ । भ्रमणमा जापानले भारतमा १० ट्रिलियन येन करिब ५ दशमलब ९३ लाख करोड रुपैयाँलगानी गर्ने घोषणा गर्ने तयारी गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार १०० भन्दा बढी समझदारी पत्रमा हस्ताक्षर, आर्थिक सहयोगको नयाँ ढाँचा निर्माण, सेमीकन्डक्टर, कम्युनिकेशन, क्लीन एनर्जी र औषधि आपूर्ति सम्बन्धी सहकार्य र  कृत्रिम बुद्धिमत्ता आई सम्बन्धी नयाँ पहलको सुरुवात लगायत कार्यक्रम छन । 

जापानले भारतलाई दुई बुलेट ट्रेन उपहार दिने तयारी गरेको छ । प्रधानमन्त्री मोदी शनिबार मियागी प्रान्तस्थित सेनदाई पुगेर यी नयाँ मोडलका कोच र सेमिकन्डक्टर उत्पादन गर्ने कारखाना अवलोकन गर्ने बताइएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *