मुख्य समाचार

भारतले सिन्धु नदी सम्झौता उल्लंघन गर्दै शुरु गर्‍यो एकतर्फी काम

भारतले सिन्धु नदी सम्झौता उल्लंघन गर्दै शुरु गर्‍यो एकतर्फी काम

एजेन्सी । भारतले पाकिस्तानसँगको सिन्धु नदी सम्झौता निलम्बन गरेपछि सिन्धु नदीमा एकतर्फी रूपमा जलविद्युत् परियोजनाहरूको काम शुरु गरेको छ । 

भारतले कश्मीरको दुई जलविद्युत् परियोजनाहरूको जलासयको क्षमता बढाउने काम शुुरु गरेको हो । यसको पृष्ठभूमि पाकिस्तानसँग हालैको दिनमा विकास भइरहेको तनावपूर्ण अवस्थासँग सम्बन्धित रहेको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार गत महिना भारतले कश्मीरमा २६ जना पर्यटकको मृत्यु हुने गरी भएको आक्रमणपछि दुई देशबीच तनाव बढेको हो । घटना लगत्तै भारतले त्यसपछि पाकिस्तानी कृषिको ८० प्रतिशत सिंचाइ सुविधा उपलब्ध गराउने सिन्धु नदी सम्झौता निलम्बन गरेको थियो ।  

भारतले सिन्धु नदीमा एकतर्फीरूपमा शुुरु गरेको जलविद्युत् परियोजनाहरूको काम सिन्धु नदी सम्झौताको प्रावधानभन्दा बाहिर गएर काम गरेको हो । दुई देशबीचको सन्धिले यस्तो गतिविधि गर्न रोक लगाएको छ । भारतले पाकिस्तानलाई यसको जानकारी पनि दिएको छैन । 

पाकिस्तानले कश्मीर आक्रमणमा कुनै भूमिका नभएको दाबी गर्दै सिन्धु नदी सम्झौताको निलम्बनलाई अन्तर्राष्ट्रिय कानूनी चुनौती दिने धम्की दिएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *