मुख्य समाचार

भारतले चिनियाँ पर्यटकलाई बन्द गरेको भिसा प्रक्रिया आजबाट पुन: खोल्ने

भारतले चिनियाँ पर्यटकलाई बन्द गरेको भिसा प्रक्रिया आजबाट पुन: खोल्ने

एजेन्सी । भारत सरकारले चिनियाँ पर्यटकलाई बन्द गरेको भिसा प्रक्रिया आजबाट पुन: खोल्ने निर्णय गरेको छ । 

भारत सरकारले चिनियाँ नागरिकहरुको हकमा कोरोना महामारीका बीच पाँच वर्षसम्म बन्द गरेको भिसा पुन शुुरु गर्न लागेको हो । अब यो प्रक्रिया २४ जुलाई बाट शुरु गर्ने निर्णय गरेको भारतीय अधिकारीहरुले जनाएका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार भारतको यो निर्णयसंगै भारत भ्रमणमा जान चाहने नागरिकहरुले भारत भ्रमणका लागि धमाधम आवेदन दिन थालेका छन् ।

भारत भ्रमणका लागि उनीहरूले पहिले अनलाइन आवेदन फारम भरेर अपोन्टमेन्ट लिनुपर्ने प्रावधान रहेको छ । जसका लागि भारतले चीनको बेइजिङ, सांघाई र ग्वाङ्झाउ शहरहरुमा भिसा केन्द्र स्थापना गरेको छ । 

भारतको यो निर्णयले चिनियाँ नागरिकहरु हर्षित भएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *