मुख्य समाचार

भारतले आज ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै, लालकिल्लाबाट देशवासीका नाममा मोदीको सम्बोधन

भारतले आज ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै, लालकिल्लाबाट देशवासीका नाममा मोदीको सम्बोधन

एजेन्सी । भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । 

१९० वर्षसम्म अङ्ग्रेजहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गरेको हो ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराएका छन् । 

मोदीले स्वतन्त्रता दिवसमा लगातार १२ औँ पटक लाल किल्लामा राष्ट्रिय झण्डा फहराएका हुन् । उनीभन्दा पहिले पण्डित जवाहरलाल नेहरूले १७ पटक र इन्दिरा गान्धीले १६ पटक लाल किल्लाबाट झण्डा फहराएका थिए । 

भारतीय सञ्चार माध्यमका अनुसार लालकिल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरमा सग्लन सिपाहीको प्रशंषा गरे । शत्रुलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड भारतीय सैनिकले दिएको भन्दै उनले प्रशंषा गरेका हुन् । 

इतिहासलाई मात्र सम्झेर नहुने भन्दै उनले देशलाई कसरी विकसित र बलियो राष्ट्र बनाउन सक्छौं भनेर सोच्ने समय आएको पनि बताए । ’परमाणु ब्ल्याकमेल लामो समयदेखि चलिरहेको भन्दै भारतले त्यसलाई नसहने पनि उनले बताए । भारतले रगत र पानी सँगै बग्ने छैन भन्ने निर्णय गरेको उनको भनाइ छ । 

लालकिल्ला पुग्नुअघि प्रधानमन्त्री मोदी राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । समारोहमा ६ हजारभन्दा बढी विशेष अतिथिले सहभागिता जनाएका छन् । साथै विभिन्न राज्य, समुदायका व्यक्तिहरूले झाँकी, परेड लगायतका प्रस्तुत गरेका छन् ।

 स्वतन्त्रता दिवसको अवसरमा भारतमा आज सार्वजनिक विदा दिइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *