मुख्य समाचार

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजपनि बढेको हो । 

शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूलयमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *