प्रदेश

२०—२५ वर्षमा नेपालमा चमत्कारीक ढंगबाट गरिबी घट्योः महामन्त्री थापा

२०—२५ वर्षमा नेपालमा चमत्कारीक ढंगबाट गरिबी घट्योः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताएका छन् ।

शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । थापाले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको बताए ।

महामन्त्री थापाले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रुपमा भएको बताए । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताए । 

महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *