मुख्य समाचार

टप इन्ड टी–ट्वान्टी क्रिकेट श्रृखलामा नेपालको लगातार तेस्रो हार

टप इन्ड टी–ट्वान्टी क्रिकेट श्रृखलामा नेपालको लगातार तेस्रो हार

एजेन्सी । अष्ट्रेलियामा जारी नेपालले टप इन्ड टी–ट्वान्टी क्रिकेट श्रृखलामा तेस्रो हार ब्यहोरेको छ । आज विहान भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले ३१ रनको हार ब्यहोरेको हो । यसअघि नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । मेलबर्नले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २) ओभरमा सात विकेट गुमाउँदै १४४ रनमा समेटिएको हो । नेपालका आशिफ सेखले सर्वाधिक ५३ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३३ रन जोडे । कुशल भुर्तेल २५, कुशल मल्ल ११ रनमा आउट हुँदा आरिफ शेख आठ रनमा अविजित रहे। मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई विकेट लिए । शहाब आलमको नाममा समान एक विकेट रह्यो ।  यसअघि मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको हो । मेलबर्नका लागि ओपनर ब्ल्याके माकडोनल्डले सर्वाधिक ७४ रन बनाए । यस्तै थोमस रोजर्सले ६५ रन जोडे । खेलमा सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिए । यस्तै सोमपाल कामी र साहब आलमले एक एक  विकेट लिए । प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार होबर्ट हुरिकेन्ससँग, ४ गते मेलबर्न रेनेगेड्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ । अस्ट्रेलियामा टप एन्ड टी–२०पछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *