समाज

पार्टी स्थापना दिवसको अवसरमा रास्वपाको प्रदर्शन, एभिन्यूजकर्मी रजकको परिवारलाई ३ लाख दिने घोषणा

पार्टी स्थापना दिवसको अवसरमा रास्वपाको प्रदर्शन, एभिन्यूजकर्मी रजकको परिवारलाई ३ लाख दिने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

पार्टी स्थापना दिवसको अवसरमा पार्टीका नेता कार्यकर्ताले माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

सो क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै विभिन्न किसिमका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

सो क्रममा रास्वपाले तीनकुने घटनामा मारिएका एभिन्यूज खबरका पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ । 

पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज रास्वपाले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *