समाज

ओझेलमा ताप्लेजुङको सुन पोखरी

ओझेलमा ताप्लेजुङको सुन पोखरी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ मा रहेको सुन पोखरी पनि त्यस्तै एउटा गुमनाम प्राकृतिक सम्पदाको रुपमा रहेको छ । 

पोखरीमा स्थानीयहरू पुग्ने गरे पनि हालसम्म गहिरो अध्ययन वा अनुसन्धान नै भएको छैन । स्थानीयवासीका अनुसार, एकजना लामा चीनबाट आएर पोखरीमा सुनको हाँस देखेपछि त्यसलाई निकाल्न पोखरीमा पसेका थिए । त्यसपछि उनी पोखरीमै हराएको जनविश्वास रहिआएको छ । यही किंवदन्तीका आधारमा यस पोखरीको नाम ‘सुन पोखरी’ रहन गएको भनिन्छ ।
 
समुद्री सतहदेखि करिब ४ हजार ५ सय मिटरको उचाइमा अवस्थित सुन पोखरी प्राकृतिक सौन्दर्यले भरिएको छ । तर, प्रचारप्रसारको अभावमा पर्यटन विकास हुन नसकेको हो । सुन पोखरी क्षेत्र वरपर अन्य साना पोखरीहरू पनि छन् । 

लोदेन क्षेत्र आफैंमा पर्यटकीय सम्भावना बोकेको भए पनि यसतर्फ कसैको चासो देखिएको छैन । सुन पोखरीसम्म पुग्न अहिलेसम्म उचित पदमार्ग निर्माण भएको छैन । गोठालाहरू प्रयोग गर्ने गोरेटो बाटो हुँदै याक र भेडी गोठहरू पार गरेरमात्र त्यहाँ पुग्न सकिन्छ । 

पोखरीको लम्बाइ, चौडाइ, गहिराइ आदिको हालसम्म कुनै नापजाँच नभएको पनि स्थानीयहरू बताउँछन् । यसको महत्व, विशेषता र किंवदन्तीको अनुसन्धान आवश्यक रहेको उनीहरूको सुझाव छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *