मुख्य समाचार

मुस्ताङको पहिचान झल्काउँने ‘ईको म्युजियम’ ओझेलमा

मुस्ताङको पहिचान झल्काउँने ‘ईको म्युजियम’ ओझेलमा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्थित पुथाङ विमानस्थल नजिकै ‘मुस्ताङ ईको म्युजियमले पर्यटक लोभ्याउन थालेको छ । 

जापानिज सहयोग संस्था जाईका र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको संयुक्त लागत साझेदारीमा सन् १९९७ मा म्युजियम स्थापना गरिएको हो । पछिल्लो समय म्युजियम संञ्चालन पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाले गर्दै आएको छ । 

म्युजियम भित्र मुस्ताङ जिल्लाको ऐतिहाँसिक ,धार्मिक,सांस्कृतिक र भौगोलिक विशेषता झल्काउने सामाग्रीहरु राखिएका छन् । समग्र मुस्ताङ जिल्लाको पहिचान झल्काउने यहाँको ईको म्युजियम पर्यटकलाई अवलोकन केन्द्रका लागि मात्रै नभई विभिन्न खोज अनुन्धानकर्ताका लागि उपयोग हुने खालका सामाग्रीहरु व्यवस्थित गरिएको छ । 

२०७२ सालको महाभुकम्पले क्षति गरेपछि ईको म्युजियम ७ वर्षसम्म बन्द भएको थियो । २०७६ सालमा घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण भएपछि म्युजियमको भौतिक संरचनालाई पुननिर्माण गरिएको हो । 

गाउँपालिकाले पूननिर्माण गरेको ईको म्युजियम टेन्टर मार्फत त्यहाँको पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई वार्षिक ५० हजार भाडा बुझाउने गरी जिम्मा दिएको थियो । अहिले संस्थाले दुई जना कर्मचारी राखेर ईको म्युजियम सञ्चालन गरिरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *