समाज

म्याग्दीको गलेश्वर मन्दिरमा १ वर्षमा ७३ लाख भन्दा बढी भेटि संकलन

म्याग्दीको गलेश्वर मन्दिरमा १ वर्षमा ७३ लाख भन्दा बढी भेटि संकलन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा एक वर्षमा ७३ लाख भन्दा बढी भेटि संकलन भएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले ७३ लाख १५ हजार नौ सय २७ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भेटि सहित विभिन्न शिर्षकमा बैंक ब्याज बाहेक गत वर्षमा ९४ लाख १५ हजार १७ आम्दानी भएको छ । भक्तजनको आगमनसँगै भेटि पनि बढेको हो । 

आर्थिक वर्ष २०८०/०८१ मा कुल ८ लाख ४० हजार पाँच सय १० भेटी संकलन भएको थियो । ०८१/०८२ मा नियमित ४७ लाख १० हजार दुई सय ९० र मेलापर्वमा  २६ लाख पाँच हजार छ सय ३७ भेटि संकलन भएको छ । 

कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ । हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ ।

याँहा दैनिक नित्य पुजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पुजाआजा गरेमा मनोकाक्षा हुुने धार्मिक विश्वास छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *