मुख्य समाचार

पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश आज भिड्दै

पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश आज भिड्दै

काठमाडौं । नेपाल र बंगलादेशबीच आज (शनिबार) पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । 

काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल आज साँझ साँढे ५ बजेदेखि शुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए ।

त्यस्तै, नेपाल र बंगलादेशबीच हुने दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ । दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउट मार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ। 

विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *