मुख्य समाचार

इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

काठमाडौं । इङ्ल्यान्ड महिला युरो फुटबलको फाइनलमा पुगेको छ । 

अतिरिक्त समयमा इटालीलाई २–१ गोल अन्तरले हराउदै इङ्ल्यान्ड उपाधि नजिक पुगेको हो । 

इङ्ल्यान्डको क्लोई केलीले खेलको ११९औं मिनेटमा निर्णायक गोल गरेकी हुन् । खेलको ३३औं मिनेटमा बार्बरा बोनान्सियाको गोलबाट इटालीले अग्रता लिएको थियो । तर, इङ्ल्यान्डको मिचेल अजेमाङले समय समाप्त हुँदै गर्दा बराबरी गोल गरेकी थिइन् । 

त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो । इङ्ल्यान्डले आइतबार बेसलमा स्पेन वा जर्मनीको विजेतासँग फाइनल खेल्नेछ । स्पेन र जर्मनी आज ज्युरिखमा फाइनल पुग्नका लागि आज प्रतिस्पर्धा गर्नेछन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *