एजेन्सी । पेरिस सेन्ट जर्मन पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रियल मड्रिडमाथि ४–० को शानदार जितसहित पीएजसी उपाधि नजिक पुगेको हो । खेलमा विजेटा टोलीका लागि फाबियन रुइजले दुई र ओसुमाने डेम्बेले र गोन्जालो रामोसले एक एक गोल गरे । न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा खेलमा ७७ हजारभन्दा बढी दर्शकबीच निकै ३८ डिग्री तापक्रममा खेल भएको हो । पीएसजीले आइतबार चेल्सीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।