काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक १६ औं वर्षमा प्रवेश गरेको छ ।
सोही अवसरमा कम्पनीले ग्राहकका लागि ‘जतिमा चाहियो त्यतिमा अफर’ सार्वजनिक गरेको छ । इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर ग्राहकले जतिमा माग गर्छन् त्यतिमै पाइने कम्पनीले बताएको छ ।
क्लासिक टेकले ३६५ दिन ग्राहक सेवा, २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिँदै आएको छ । सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हाल सम्म देशको मुख्य मुख्य शहर लगायत ७४ जिल्लामा सेवा दिँदै आएको छ ।
क्लासिक टेकको आफ्नै डेटा सर्भर बाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट, मार्फत आफ्ना ग्राहाकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले गर्दा थप गुणस्तरीय र बिस्वस्निया सेवा सञ्चालनमा कम्पनि अग्रसर रहेको छ ।