रुपन्देही । रुपन्देहीमा मध्यराति एक युवतीको जल्दै गरेको शव प्रहरीले बरामद गरेको छ ।
सम्मरीमाई गाउँपालिका ५ निवासी प्रमोद पालकी पत्नी २२ वर्षीया सिर्जना पालको जल्दै गरेको शव बरामद गरेर पोस्टमार्टमका लागि अस्पताल पठाएको हो ।
घरबाट झण्डै एक किमी टाढा रहेको खेतमा आगोको मुस्लोमा जल्दै गरेको अवस्थामा युवतीको शव फेला परेपछि प्रहरीले श्रीमान प्रमोदलाई नियन्त्रणमा लिएको छ । उनलाई कसैले हत्यापछि आगो लगाएको हो कि आफैँ जलेको भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीकै तिलोत्तमा १७ माइत भएकी सिर्जनाको एक बर्षअघि मात्रै विवाह भएको थियो ।