समाज

बागमती प्रदेश विपद जोखिम न्यूनीकरणका लागि बजेट निर्माणको तयारीमा

बागमती प्रदेश विपद जोखिम न्यूनीकरणका लागि बजेट निर्माणको तयारीमा

काभ्रे । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले विपदको समयमा छिटो उद्धार गर्ने संयन्त्र तयार गर्न आवश्यक रहेको बताएका छन् ।

काभ्रेको दोलालघाटमा सञ्चालन गरिएको नदीजन्य कृत्रिम घटना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा मन्सुन भित्रिसकेको र मन्सुनजन्य घटना न्यूनिकरण प्रतिकार्य अभ्यास अपरिहार्य रहेको बताएका हुन ।मन्त्री लामिछानेले विपदमा पूर्वतयारी, विपदका आवश्यक श्रोत तथा साधनहरु तयारीमा अवस्थामा नहुदा ठूलो क्षति भएको विगतलाई हेरेर संयन्त्र निर्माणको अवाश्यकता देखिएको  स्पष्ट पारे । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेलले विपद प्रतिकार्यका लागि आवश्यक श्रोत र साधनको व्यवस्थापनमा सरकारबाट प्रयाप्त मात्रामा बजेट उपलब्ध नभएको बताए । काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विपदमा खोज र उद्धार कार्यलाई चुस्त–दुरुस्त बनाउन प्रयास भैरहेको बताए । जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले विपदमा सबैभन्दा महत्वपूर्ण कुरा भनेकै पूर्वतयारी, सूचना र सर्तकर्ता रहेको बताए ।

नदीजन्य कृत्रिम अभ्यास कार्यक्रममा स्थानीय स्रोत साधनको प्रयोग गरी विविध उद्धार विधिहरू प्रदर्शन गरिएको थियो । यस्तै उद्धारकर्मीहरूले ¥यापलिङ्ग प्रविधि, रबर बोट प्रयोग, हाईलाइन रेस्क्यु, बोट रेस्क्यु, डिप डाइभिङ्ग, गोतखोरबाट खोजी कार्य, बाढी प्रभावित क्षेत्रमा उद्दार गर्ने अभ्यास देखाएका थिए । कार्यक्रममा विपद उद्धार कार्यमा प्रयोग गरिने सामाग्रीहरुको प्रर्दशनी समेत गरिएको थियो ।। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *