समाज

राजवादी दोस्रो चरणको आन्दोलनको तयारीमा, कार्यक्रम तय गर्न आज बैठक बस्दै

राजवादी दोस्रो चरणको आन्दोलनको तयारीमा, कार्यक्रम तय गर्न आज बैठक बस्दै

काठमाडौं । राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको एक साता लामो आन्दोलन ‘उत्साहजनक रूपमा’ सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको आन्दोलनको तयारी शुुरु गरेको छ ।  

समितिका संयोजक नवराज सुवेदीले सरकारको हस्तक्षेप र दमनका बाबजुद पहिलो चरणको आन्दोलन सफल भएको दाबी गरेका हुन् ।

पहिलो चरणको आन्दोलनको समीक्षा गर्न तथा सरकारको ‘दमनकारी नीति’ लाई दृष्टिगत गर्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्न समितिले आज दिउसो दुई बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक बोलाएको छ । 

बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह तथा अभियानका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।

समितिले राजसंस्था पुनस्र्थापना लगायतका माग राख्दै जेठ १५ गतेदेखि आन्दोलन गर्दै आएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *