समाज

कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

काठमाडौं । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । 

निर्देशनालयका  अनुसार आर्थिक वर्ष २०६२र६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिए ।

प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेको बताईको छ । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको छ । झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

झापामा २५, मोरङमा नौ, सुनसरीमा छ र उदयपुरमा एउटा हात्ती मरेको छ । हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई सङ्घीय सरकारले १० लाख क्षतिपूर्ति स्वरुप प्रदान गर्दै आएको छ । घाइतेलाई उपचारका लागि २५ हजारदेखि एक लाखसम्म उपलब्ध गराउँदै आइएको निर्देशनालयले जनाएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *