समाज

काभ्रेमा सडक दुर्घटनाको जोखिम कम गर्न सचेतनामूलक होर्डिङ बोर्ड

काभ्रेमा सडक दुर्घटनाको जोखिम कम गर्न सचेतनामूलक होर्डिङ बोर्ड

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको वि.पी. राजमार्ग र अरनिको राजमार्गमा सडक दुर्घटनाको जोखिम कम गर्न सचेतनामूलक होर्डिङ बोर्ड राख्न थालिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको पहलमा पहिरो र अन्य जोखिमपूर्ण स्थानहरूमा सूचना र सतर्कता सन्देशसहितको बोर्डहरू राख्न थालिएको हो । 

विपी राजमार्गमा २५ र अरनिको राजमार्गका ५ स्थानमा होर्डिङ बोर्डहरू राखिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बोर्ड राख्ने अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र डिभिजन सडक कार्यालय भक्तपुरले सहकार्य गरेका हुन् । 
 
होर्डिङ बोर्डहरु सडक सुरक्षाबारे सचेतना बढाउन र दुर्घटना न्यूनिकरणमा प्रभावकारी हुने अपेक्षा गरिएको छ । सचेतनामूलक सन्देशहरू चालक र यात्रु दुवैका लागि सुरक्षामूलक सावधानी अपनाउन सहयोग हुने ट्राफिक प्रहरीको विश्वास छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *