समाज

कैलाली कारागारमा एक कैदी युवकको मृत्यु, आफन्तले बुझ्न मानेनन् शव

कैलाली कारागारमा एक कैदी युवकको मृत्यु, आफन्तले बुझ्न मानेनन् शव

कैलाली । कैलाली कारागारमा एक कैदी युवकको रहस्यमय मृत्यु भएको छ । 

बैंकिङ कसुर मुद्दाका प्रतिवादी डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएको हो । मृतकका आफन्तहरुले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन । उनीहरुले सत्यतथ्य छानबिन भई न्याय नपाउँदासम्म शव नउठाउने अडान लिएका छन् । 

सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा निलडाम र चोटपटक भेटिएको छ । शवमा कुटपिटको निलडाम रहेको भिडियो समेत सार्वजनिक भएको छ । मृतकका आफ्न्तले प्रहरी नायब निरीक्षक हरिजित नाथमाथि रकम मागेको आरोप पनि लगाएका छन् । 

सोमबार राति १०ः३० बजे कारागारको शौचालयमा अचेत अवस्थामा भेटिएका पालीको सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्युु भएको कारागार प्रशासनले जनाएको छ । 
 
पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८०  सालमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियोे । प

क्राउ पछिको दुई दिनमै उनको कैलाली कारागारमै मृत्यु भएको हो । उक्त विषयलाई लिएर बुधबार डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व भएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *