एजेन्सी । इरानमा यस वर्षको शुुरुदेखि अहिलेसम्म ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वाद्र्धमा तेहरानमा मृत्युदण्डको सङ्ख्यामा ठूलो वृद्धि भएको जनाएको छ । राष्ट्रसंघकी प्रवक्ता रविना शमदासानीले हपारदर्शिताको अभावका कारण यहाँको वास्तविक अवस्था अझ खराब हुन सक्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृत्युदण्ड दिइएका व्यक्तिहरूमध्ये अधिकांश अफगानी, बलुच, कुर्द र अरब नागरिक रहेको शमदासानीले जनाएकी छन् । इरानमा सन् २०२५ को पहिलो छ महिनामा लागूऔषध सम्बन्धी कसुरमा मात्रै २८९ जनालाई मृत्युदण्ड दिइएको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले इरान सरकारलाई मृत्युदण्डको सजाय कार्यान्वयन नगर्न आग्रह गरेको समाचारमा उल्लेख छ ।