समाज

विद्युतको माग धान्न नसकेपछि चितवनमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ

विद्युतको माग धान्न नसकेपछि चितवनमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ

काठमाडौं । विद्युतको माग धान्न नसकेपछि चितवनमा लोडसेडिङ हुने भएको छ । 

पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले सूचना जारी गरी विद्युतको माग बढेको जनाउँदै आजदेखि दैनिक ६ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो । 

अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो । भरतपुरस्थित १३२/३३ केभी सब स्टेशनबाट वितरित विद्युत् लाइनमा अत्यधिक लोड भएको भन्दै तीनवटा मुख्य फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । 

प्राधिकरणका अनुसार निर्धारित समयभन्दा अगाडि नै विद्युत आपूर्ति हुनसक्ने छ । बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने छ ।

वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुने बताइएको छ ।  

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *