एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने जो कोहीलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करको संज्ञा दिंदै उनलाई पक्राउ गर्नु आवश्यक रहेको जनाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गत जनवरीमा भएको चुनावमा धाँधली गरी सत्ता हत्याएको भन्दै उनलाई जसरी भएपनि पक्राउ गर्ने दाबी ट्रम्पको छ । मादुरोविरुद्ध पहिले नै लाखौको पुरस्कार घोषणा गरिएकोमा अहिले यसलाई दोब्बर पारिएको अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले जानकारी दिएका छन् ।
अमेरिकाको यो घोषणाको भेनेजुएलाका विदेशमन्त्री इभान गिलले विरोध गरेका छन् । उनले अमेरिकाको यो निर्णयलाई अर्थहीनको संज्ञा दिंदै राजनीतिक प्रचार मात्र भएको टिप्पणी गरेका छन् ।