मुख्य समाचार

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति पौडेल

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास गरिरहेको बताएका छन्।

आज बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्शमा रहेको सन्देश दिएका हुन्।

‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हरप्रयास गर्दै छु,’ राष्ट्रपतिले भनेका छन्।

राष्ट्रपतिले आन्दोलनकारीको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न अपिल गरेका छन्।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *