मुख्य समाचार

गृह मन्त्रीको राजीनामा आउँदैन, धेरैमा संसदीय समिति बन्ला : प्रवक्ता गुरुङ

गृह मन्त्रीको राजीनामा आउँदैन, धेरैमा संसदीय समिति बन्ला : प्रवक्ता गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताएका छन् । 

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आज, भोलिसम्म बैठक सुचारु हुने बताएका हुन् । 

भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरले गृह मन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । अख्तियारले एउटा कर्मचारीमाथि छानविन शुरु गरेको र कर्मचारीमाथि छानविन शुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे । उनले उटा कर्मचारीमाथि छानविन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे । अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको बताए । 

गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानविन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको बताए । सदनमा उठेका प्रश्नको जवाफ संसदमा गृह मन्त्रीले दिने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्ने बताए । 

मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *