काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले आर्थिक वर्ष २०८१/८२ मा ५,५८५ फरार अभियुक्त पक्राउ गरी ऐतिहासिक सफलता हात पारेको छ। यो संख्या देशभरका २४,३८२ फरारमध्ये सबैभन्दा बढी हो।
काठमाडौं जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार विशेष रणनीति र फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएकाले यो उपलब्धि सम्भव भएको हो। अघिल्लो वर्ष काठमाण्डौंमा १,०६७ मात्र पक्राउ परेका थिए भने यो वर्ष त्यो संख्या ४,२१५ ले वृद्धि भएको छ।
राजधानीमा देखिएको कडाइले ‘कानूनभन्दा माथि कोही छैन’ भन्ने सन्देश दिएको र यसले जनविश्वास मजबुत बनाएको विश्वास गरिएको छ।