समाज

हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन् । 

हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिका अन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुगेकी हुन् । 

जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवा अन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । 

उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रुपमा लिइएको स्थानीयबासीको भनाई छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *