मुख्य समाचार

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्चको आदेश

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्चको आदेश

काठमाडौ । पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश जारी गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पाठकलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको थियो।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले थप छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *