समाज

सुक्खाग्रस्त मधेशमा भारी वर्षा, किसानलाई राहत

सुक्खाग्रस्त मधेशमा भारी वर्षा, किसानलाई राहत

काठमाडौं । सुक्खाग्रस्त मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भएको हो । 

मधेशमा चरम खडेरीको सामना गरिरहेका नागरिकले राहतको सास फेरेका छन् । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत  भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको विवरण अनुसार पछिल्लो २४ घण्टामा धनुषाको तुल्सीमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ। 

मधेस प्रदेशका बाँकी केही स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा भएको छ। २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ ।

सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा भएको छ । सिरहा र सप्तरीमा भने वर्षा कम भएको महाशाखाले जनाएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *