मुख्य समाचार

गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग

गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग

एजेन्सी । गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग भएको छ । 

हमासले गाजामा पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नहुँदासम्म वार्तामा नआउने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

गाजामा खाद्य अभावका कारण नागरिकहरू भोकमरीको चपेटामा परिरहेका छन् । सहायता वितरण केन्द्रहरूमा इजरायली गोलीबारी भइरहेका खबर आइरहेका बेला हमासले वार्ताबाट अलग हुने निर्णय सार्वजनिक भएको हो । 

यता अमेरिका र इजरायलले हमासलाई खराब नियतले वार्ता गरेको आरोप लगाउँदै वार्ताबाट आफ्ना प्रतिनिधिमण्डल फिर्ता बोलाएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *