मुख्य समाचार

गाजा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमास सहमत

गाजा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमास सहमत

एजेन्सी । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमास सहमत भएको छ ।

प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलबाट बन्धक बनाइएकाहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

इजिप्ट र कतारको यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुनमा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ । योजना अनुसार, पहिले ६० दिनको लागि युद्धविराम लागू गरिनेछ । यसपछि हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्ने बताइएको छ । 

यी मध्ये २० जना जीवित हुने अपेक्षा गरिएको छ । यसपछि, स्थायी युद्धविरामको बारेमा वार्ता अगाडि बढ्ने अपेक्षा राखिएको छ । यद्यपि,इजरायलको प्रतिक्रिया अहिलेसम्म आएको छैन । 

गत साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरूलाई एकैचोटि रिहा हुने प्रस्ताव आए इजरायलले सर्त मान्ने प्रतिक्रिया दिएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *